काठमाडाैं ।विभिन्न क्षेत्रको विज्ञता, अध्ययन–अनुसन्धान तथा नेतृत्व अनुभव भएका व्यक्तिहरूलाई भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूतमा सिफारिस गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ मुलुकका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको हो। परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न क्षेत्रमा अब्बल व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरिएको जानकारी दिए ।
सरकारले सिफारिस भएका प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि पठाउनेछ। संसदीय सुनुवाइपछि सम्बन्धित मुलुकबाट अग्रिमो (सहमति) माग गरिनेछ। अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकका लागि राजदूत नियुक्त गर्नुहुनेछ।

प्रस्तावित राजदूतहरू
१. डा. निश्चलनाथ पाण्डे — भारत का लागि प्रस्तावित राजदूत
२. डा. कल्याणराज शर्मा — चीनका लागि प्रस्तावित राजदूत
३. चिरनजंग थापा -संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (अवकाशप्राप्त) — संयुक्त अधिराज्य (यूके) का लागि प्रस्तावित राजदूत
५. जिग्यान कुमार थापा – जापानका लागि प्रस्तावित राजदूत
६. सुरेशकुमार कर्ण – इजरायलका लागि प्रस्तावित राजदूत
७. प्राप्ति शेरचन – स्पेनका लागि प्रस्तावित राजदूत
८. शारू जोशी — जर्मनीका लागि प्रस्तावित राजदूत
९. डा. पद्माक्षी राणा — ओमानका लागि प्रस्तावित राजदूत
१०. चूडामणि खरेल — मलेसियाका लागि प्रस्तावित राजदूत
११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत
१२. डा. मंचल झा — श्रीलंकाका लागि प्रस्तावित राजदूत
१३. गिरीबहादुर सुनार — साउदी अरेबियाका लागि प्रस्तावित राजदूत




