काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पुगेको छ।शुक्रबार मध्याह्न ललितपुरको सातदोबाटोस्थित एन्फा कार्यालय पुगेको सीआईबीको टोलीले विभिन्न कागजात तथा फाइलहरू हेरेको छ।
एन्फाका प्रवक्ता अनुप शमशेर जबराले सीआईबीमा परेको उजुरीसँग सम्बन्धित कागजात अध्ययन गर्न टोली कार्यालयमा आएको जानकारी दिए। ‘केही उजुरी परेका छन्। ती उजुरीमाथि हामीले अध्ययन गरिरहेका छौँ,’ उनले भने, ‘यो छापा होइन। उजुरीसँग सम्बन्धित कागजपत्रहरू हेरेको मात्रै हो।’



