स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न कानुनी सुधार अघि बढाउँदै स्वास्थ्य मन्त्रालय

२ असोज ८३, शुक्रबार
Share this
732shares

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन विद्यमान कानुनी व्यवस्था संशोधन प्रक्रिया अघि बढाएको छ। स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार तथा स्वास्थ्य संस्थामा हुने अवाञ्छित गतिविधि नियन्त्रण गरी सुरक्षित कार्य वातावरण सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसद् सचिवालयमा दर्ता गराएको हो।

Advertisement

मन्त्रिपरिषद्को २०८३ भदौ २९ गतेको बैठकले विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएपछि सचिवालयमा दर्ता गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार स्वास्थ्य सेवाको नियमित, भरपर्दो, मर्यादित र प्रभावकारी प्रवाहका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा आवश्यक छ। कानुनी संरचनालाई समयसापेक्ष बनाउँदै स्वास्थ्यकर्मीको पेशागत सुरक्षालाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्री निशा मेहेताले सुरक्षित र सम्मानित वातावरणमा स्वास्थ्यकर्मीले काम गर्न पाउने अवस्था स्वास्थ्य सेवाको गुणस्तर र निरन्तरतासँग प्रत्यक्ष जोडिएको बताइन्। मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्य कानुनलाई समेत समयसापेक्ष बनाउन तीनवटा संशोधन विधेयक अघि बढाएको जनाएको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार र आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुसम्बन्धी ऐन संशोधनका विधेयकसमेत मन्त्रिपरिषद्बाट स्वीकृत भई संसद् सचिवालयमा दर्ता भइसकेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top