सहसचिव रुद्र सिंह तामाङ सचिवमा बढुवा

२ असोज ८३, शुक्रबार
Share this
726shares

काठमाडौं । सरकारले सहसचिव रुद्र सिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

Advertisement

त्यस्तै, मन्त्रिपरिषद् बैठकले सरकारले विभिन्न देशका लागि सिफारिस गरेका राजदूतहरूको संसदीय सुनुवाइका लागि नाम संसद्मा पठाउने निर्णय गरेको छ। बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top