६ असोज ,काठमाण्डौ ।
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची ।

यसैबीच, संघीय संसद्का चार वटा संसदीय समितिको बैठक पनि आज बस्दै ।
संसद् सचिवालयका अनुसार अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै ।

बिहान १० बजे बस्ने अर्थसमितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल हुने ।
यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ भने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालमा स्वदेशी तथा विदेशी, निजी तथा सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनको प्रभाव र लगानी वातावरण सुधारका विषयमा छलफल हुने ।



