६ असोज ,काठमाण्डौ ।
टाइफुन ‘डुजुआन’ जापानतर्फ अघि बढ्दै गर्दा जनजीवन प्रभावित ।
आँधीका कारण करिब ३ सय हवाई उडान रद्द गरिएका छन् भने १६ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह ।

जापान एयरलाइन्सद्वारा १३५ र अल निप्पोन एयरवेजले १४० उडान रद्द ।
आँधीको प्रभावका कारण टोकियो आसपासका ९ हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध ।

टोकियो, चिबा, कानागावा र सिजुओका प्रिफेक्चरमा पहिरोको चेतावनी जारी गरिएको छ भने केही रेल सेवा पनि स्थगित ।
जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)का अनुसार आँधीका कारण हुने वर्षाले सेप्टेम्बर महिनाको औसत वर्षाको मात्रा नाघ्न सक्ने र केही क्षेत्रमा कीर्तिमानी वर्षा हुन सक्ने सम्भावना ।
आँधी आउनुअघि नै वर्षा र हावाको गति बढ्ने चेतावनी ।
आँधीका कारण चिबामा आयोजना भइरहेको ‘टोकियो गेम शो’ निर्धारित समयभन्दा अगावै बन्द गरिदा त्यहाँ आयोजना हुने भनिएको खुला संगीत महोत्सव र बेसबल खेलसमेत रद्द ।
कामाकुरा स्टेसन आसपासका सडकमा डुबान ।
कात्सुउरा सहरबाट करिब १३० किलोमिटर दक्षिणतर्फ रहेको डुजुआनमा प्रतिघण्टा करिब १४४ किलोमिटरको हावाको गति मापन



