६ असोज ,काठमाण्डौ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष एवं नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी शेष घलेले रसुवा बाढीमा आमाबुवा गुमाएका बालबालिकालाई कक्षा १२ सम्म पढाउने घोषणा ।
त्यसका लागि उनले ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए ।

घलेको एमआईटी ग्रुप फाउन्डेसन र राष्ट्रिय बाल अधिकार परिषद्बीच भएको समझदारीअनुसार बाढी प्रभावित १८ वर्षमुनिका बालबालिकाको शिक्षा, खाना, आवास, लत्ताकपडा, स्वास्थ्य उपचार तथा अन्य आधारभूत आवश्यकता पूरा गर्न सहयोग गरिने ।
परिषद्का सदस्य सचिव दुर्गाप्रसाद चालिसेका अनुसार सहयोगको पहिलो प्राथमिकतामा आमाबुवा दुवै गुमाएका बालबालिका पर्नेछन्।

त्यसपछि आमाबुवा मध्ये एक गुमाएका तथा बाढीका कारण घरजग्गा गुमाएका बालबालिकालाई पनि अवस्थाअनुसार सहयोग गर्ने योजना ।
सहयोग कक्षा १२ सम्म निरन्तर रहने ।
परिषद्को प्रारम्भिक अध्ययनअनुसार रसुवा, नुवाकोट र धादिङका ३० होल्डिङ सेन्टरमा रहेका १ हजार २ सय ३३ बालबालिकामध्ये १०२ जनाले आमाबुवा दुवै गुमाएका छन्।
तीमध्ये ४९ बालिका र ५३ बालक । बाढीपछि ४३९ बालबालिका आमाबुवाबाट छुट्टिएको प्रारम्भिक तथ्याङक ।
आमाबुवा र आफन्त दुवै नभएका बालबालिकालाई अन्तिम विकल्पका रूपमा बालगृहमा राखिने ।



