बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सञ्चालक समिति सदस्य नियुक्त

६ असोज ८३, मंगलबार
Share this
769shares

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ जना सदस्य नियुक्त गरेको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ को खण्ड (च) र (ज) बमोजिम रिक्त सदस्य पदका लागि भएको अन्तर्वार्ताबाट योग्यताक्रमका आधारमा सिफारिस भएका व्यक्तिहरूलाई सदस्यमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।

Advertisement

नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दीपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी रहेका छन्। नवनियुक्त सदस्यहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रा. डा. योगेन्द्रप्रसाद सिंहसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top