काठमाडाैं । प्रधानमन्त्री बोलेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह कतार एयरवेजमार्फत दोहा हुँदै न्यूयोर्क जानेछन्। ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन प्रधानमन्त्री शाह त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने तालिका रहेको छ। टोलीमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार,शिष्टाचार महापाल कुमार खरेल,निजी फोटोग्राफर विनय शाक्य,शिष्टाचार अधिकृत महेश यादव,अङ्गरक्षक लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट,डिएसपी दिपेश बस्याल पनि छन् । परराष्ट्र मन्त्री र सचिव र सहसचिवको टोली भने यसअङि नै न्यूयाेर्क पुगिसकेका छन् ।



