जगदम्बा मोटर्सले नेपाल भित्र्यायो स्याकम्यानका इलेक्ट्रिक टिपर र प्राइम मुभर

१६ असोज ८३, शुक्रबार
Share this
695shares

१५ असोज , काठमाण्डौ ।

Advertisement

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले चिनियाँ सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा दुईवटा विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधन नेपालमा सार्वजनिक गरेको छ ।

कम्पनीले स्याकम्यान ‘एक्स ५०००ई’ (X५०००e) ६×४ इलेक्ट्रिक प्राइम मुभर र एक्स ५०००ई ६×४ इलेक्ट्रिक टिपर सार्वजनिक गरेको हो ।

Advertisement

यससँगै स्याकम्यान नेपालको विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधन बजारमा प्रवेश गरेको छ ।

Advertisement

इलेक्ट्रिक प्राइम मुभर भारी सामान ढुवानी तथा लामो दूरीको यातायातका लागि लक्षित गरिएको छ भने इलेक्ट्रिक टिपर निर्माण, खानी तथा अन्य चुनौतीपूर्ण अफ–रोड सञ्चालनका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

दुवै मोडेलमा इलेक्ट्रिक पावरट्रेन र ६×४ ड्राइभट्रेनका साथै फास्ट चार्जिङ, रिजेनेरेटिभ ब्रेकिङ र इन्टेलिजेन्ट ब्याट्री व्यवस्थापन प्रणाली उपलब्ध छन् ।

चालकको सहजता र सञ्चालन प्रभावकारितालाई ध्यानमा राख्दै एयर–सस्पेन्डेड सिट, मल्टिफङ्सन स्टेयरिङ, एयर कन्डिसनिङ र ठुलो इन्स्ट्रुमेन्ट डिस्प्लेजस्ता सुविधा पनि राखिएका छन् ।

स्याकम्यान इलेक्ट्रिक प्राइम मुभरको मूल्य २ करोड ५ लाख रुपैयाँ तोकिएको छ ।

त्यस्तै, इलेक्ट्रिक टिपरको मूल्य २ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

शंकर ग्रुपकी निर्देशक दीपा अग्रवालले स्याकम्यानसँगको सहकार्यले नेपालमा विद्युतीय मोबिलिटी समाधान विस्तार गर्ने बताइन् ।

त्यस्तै, सान्क्सी अटोमोबाइल होल्डिङ ग्रुपका साउथ एसिया जनरल म्यानेजर स्यान्डर्स लीले नेपाललाई विद्युतीय हेभी–ड्युटी सवारीसाधनका लागि सम्भावनायुक्त बजारका रूपमा उल्लेख गरे ।

जगदम्बा मोटर्सका एक्जेक्युटिभ डिरेक्टर अखिल गुप्ताले स्याकम्यानलाई कम्पनीको व्यावसायिक सवारीसाधन पोर्टफोलियोमा महत्त्वपूर्ण थपका रूपमा प्रस्तुत गरिएको बताए ।

उनका अनुसार यी सवारीसाधनले नेपालको यातायात, निर्माण तथा औद्योगिक क्षेत्रका विद्युतीय हेभी–ड्युटी सवारीसाधनसम्बन्धी आवश्यकता सम्बोधन गर्ने लक्ष्य राखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top