१५ असोज , काठमाण्डौ ।
एलपी ग्यासको आपूर्ति अवरुद्ध भए सर्वसाधारणलाई तत्काल राहतदिन सरकारले सुरक्षा निकायका पेट्रोलियम बिक्री केन्द्रलाई समेत वैकल्पिक ग्यास वितरणस्थलका रूपमा प्रयोग गर्ने तयारी ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले नेपाली सेना, नेपालप्रहरी र सशस्त्रप्रहरी बलले सञ्चालन गर्दै आएका पेट्रोलियम बिक्री केन्द्रमा एलपीग्यास बिक्रीको व्यवस्था थप्ने तयारी भइरहेको दिए जानकारी ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापन तथा बजार अनुगमन सम्बन्धी छलफलमा सचिव तामाङले सम्भावित ग्यास अभावलाई ध्यानमा राख्दै यस्तो वैकल्पिक संयन्त्र तयार गर्न लागिएको बताए।
अहिले पेट्रोलियम पदार्थ बिक्री भइरहेका सुरक्षा निकायका आउटलेटमध्ये आवश्यक स्थानमा कम्तीमा एक–दुईवटा ग्यास बिक्री केन्द्र राख्ने सरकारको योजना ।

निजी ग्यास डिलरको नियमित व्यवसाय विस्थापित गर्ने नभई आपूर्ति प्रणालीमा समस्या आए राज्यसँग आफ्नै वैकल्पिक वितरण संयन्त्र तयार राख्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लगाइएको मन्त्रालयको भनाइ ।
ग्यास अभाव, ढुवानी अवरोधवा अन्य आपत्कालीन अवस्थामा सुरक्षा निकायका संरचनाबाट उपभोक्तालाई ग्यास उपलब्ध गराउन सकिने सरकारको बुझाइ ।
यद्यपि कुन–कुन स्थानमा केन्द्र स्थापना गर्ने, बिक्री कहिलेदेखि सुरु गर्ने र वितरणको मापदण्ड के हुने भन्ने विषय भने तय हुन् बाँकी ।



