पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा छापा

२१ असोज ८३, बुधबार
Share this
695shares

२१ असोज , काठमाण्डौ ।

Advertisement

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू र नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा ।

विभाग एवं प्रधानमन्त्री निकट स्रोतका अुनसार, पूर्वप्रधानन्यायाधीश जबरा, नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको घरमा छापा मार्ने काम भइरहेको जानकारी ।

Advertisement

स्रोतका अनुसार जबराका केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुग्यो ।

जबराका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोलीले छापा मारेको उल्लेख ।

Advertisement

जबराका निकटस्थ व्यक्तिका घरमा छापा मारेर महत्त्वपूर्ण कागजातहरू बरामद गरेको दाबी ।

केही दिनअघि मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोलेन्द्रलाई उनकै घरबाट मध्यराति पक्राउ गरेर १२ घण्टासम्म नियन्त्रणमा लिएर छाडेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top