आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

२३ असोज ८३, शुक्रबार
Share this
738shares

२३ असोज , काठमाण्डौ ।

Advertisement

देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव रहेकाले आज देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ ।

महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा जारी ।

Advertisement

आज दिउँसो मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा पनि साधारणतया बादल लाग्नेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान ।

हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना ।

Advertisement

मधेस, कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने ।

कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ ।

आज राति पनि कोशी प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका हिमाली र पहाडी भूभागका विभिन्न स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने ।

कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना

 

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top