युक्रेनमा यात्रुबहाक बसमा रुसी बम हमला, ३३ को मृत्यु र १८ घाइते

२३ असोज ८३, शुक्रबार
Share this
727shares

२३ असोज , काठमाण्डौ ।

Advertisement

युक्रेनको युद्धग्रस्त सहर क्रामातोस्र्कमा दुई यात्रुवाहक बसलाई लक्षित गरी रुसले ग्लाइड बम प्रहार गर्दा ३३ जनाको मृत्यु ।

बम प्रहारपछि दुवै बसमा भीषण आगलागी भएको र आक्रमणमा अन्य १८ जना घाइते भएका उद्धार अधिकारीहरूको भनाइ ।

Advertisement

डोनेत्स्क क्षेत्रका प्रमुख वादिम फिलास्किनले सर्वसाधारणको ज्यान लिने उद्देश्यले रुसले यात्रुवाहक बसलाई निशाना बनाएको आरोप लगाए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा रुसले युक्रेनको औद्योगिक क्षेत्र डोन्बास कब्जा गर्ने रणनीतिअन्तर्गत क्रामातोस्र्क र छिमेकी स्लोभ्यान्स्क सहरलाई घेर्ने प्रयास गरिरहेको र पछिल्ला दिनमा युक्रेनभरि रुसी आक्रमण तीव्र हुँदा सर्वसाधारणको ज्यान जाने क्रम बढेको उल्लेख ।

Advertisement

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२५ को तुलनामा यस वर्षको अगस्टसम्ममै युक्रेनमा सर्वसाधारणको मृत्यु बढी भइसकेको छ।

यसअघि बुधबार राजधानी किभको पूर्वमा रहेको प्रिलुकीमा पाँचतले आवासीय भवनमा भएको आक्रमणमा पाँच बालबालिकासहित २२ जनाको मृत्यु भएको थियो।

पछिल्लो आक्रमणबारे मस्कोले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

 

 

 

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top