२३ असोज , काठमाण्डौ ।
सन् २०२६ को नोबेल शान्ति पुरस्कार आज नर्वेको राजधानी ओस्लोमा घोषणा हुँदै ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, पोप लियो चौधौँ र सुडानको नागरिक सञ्जाल ‘इमर्जेन्सी रेस्पोन्स रुम्स’लगायत सम्भावित दाबेदारका रूपमा चर्चामा ।

ट्रम्पले सन् २०१८ देखि नोबेल शान्ति पुरस्कार पाउने इच्छा व्यक्त गर्दै ।
सन् २०१९ मा जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेले आफूलाई मनोनयन गरेको उनको दाबी ।

सन् २०२० मा पूर्वराष्ट्रपति बराक ओबामाले पुरस्कार पाउन सक्ने भए आफूले पनि पाउनुपर्ने तर्क ।
गत वर्ष भारत–पाकिस्तानसहित आठवटा युद्ध रोकेको दाबी गर्दै ट्रम्पले आफू पुरस्कारको हकदार रहेको बताएका थिए ।
सन् २०२५ की विजेता भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले पनि गत जनवरीमा ट्रम्पलाई आफ्नो नोबेल पदक सुम्पिएकी थिइन् ।
इजरायल, कम्बोडिया र पाकिस्तानका नेताहरूले ट्रम्पलाई मनोनयन गरेको बताएता पनि मनोनयन गोप्य राखिने भएकाले उमेदवारहरूको अन्तिम सूची सार्वजनिक नगरिने ।
यस वर्ष पुरस्कारका लागि २८७ उमेदवार दर्ता ।
जसमा २०८ व्यक्ति र ७९ संस्था ।
विभिन्न सर्वेक्षण तथा सट्टेबाजी बजारका अनुमानले ट्रम्पको जित्ने सम्भावना न्यून देखाए ।





