प्रसव पीडामा रहेकी महिलालाई इनरुवा अस्पतालले भर्ना नलिएको आरोप

२३ असोज ८३, शुक्रबार
Share this
714shares

२३ असोज , काठमाण्डौ ।

Advertisement

प्रसव पीडाले छटपटाइरहेकी एक महिलालाई इनरुवा जिल्ला अस्पतालले भर्ना लिन नमानेपछि एम्बुलेन्समै शिशु जन्मिएको परिवारजनको भनाइ ।

आवश्यक कागजात नपुगेको र गर्भवतीको अवस्था ‘हाइरिस्क’ रहेको भन्दै अन्यत्र रेफर गरिएको दाबी ।

Advertisement

अस्पतालबाट फर्काइएपछि विराटनगरस्थित कोशी अस्पताल लैजाँदै गर्दा परिसरबाहिरै एम्बुलेन्सभित्र शिशुको जन्म ।

आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेपनि अस्पतालले भने बच्चाको मुटुको धड्कन अनियमित र आमाको हेमोग्लोबिन कम देखिएकाले एनआईसीयू सुविधा भएको अस्पतालमा पठाइएको स्पष्टीकरण ।

Advertisement

कागजातका कारण नभई स्वास्थ्य जोखिमका कारण बिरामीलाई रेफर गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोषप्रसाद साहको दाबी ।

यो घटनापछि २४ सै घण्टा आकस्मिक सेवा र निःशुल्क सुरक्षित प्रसूति सेवा उपलब्ध गराउने दाबी गरेको सरकारी अस्पतालको कार्यशैलीमाथि प्रश्न ।

प्रसव पीडामा रहेकी विपन्न महिलालाई आवश्यक जाँच र प्राथमिक उपचारबिना फर्काइएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना ।

आकस्मिक अवस्थामा कागजी प्रक्रिया कि बिरामीको सुरक्षा भन्ने बहस चर्कियो, घटनाको निष्पक्ष छानबिन गरी लापरबाही पुष्टि भए दोषीमाथि कारबाही गर्न स्थानीय र अधिकारकर्मीको माग।

यसअघि सप्तरीमा समेत अस्पतालले पैसा अपुग भएको भन्दै भर्ना नलिएपछि अस्पताल परिसरमै एक नवजात शिशुको जन्म भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top