अल्टिमा लाइफस्टाइलको ११औँ आउटलेट सुर्खेतमा खुल्दै, पश्चिम नेपालमा पहिलो रिटेल उपस्थिति

२३ असोज ८३, शुक्रबार
Share this
699shares

२३ असोज , काठमाण्डौ ।

Advertisement

नेपालको प्रमुख अडियो तथा वेरेबल्स ब्रान्ड अल्टिमा लाइफस्टाइलले सुर्खेतमा आफ्नो ११औँ आउटलेट सञ्चालनमा ल्याउने भएको छ।

Advertisement

सुर्खेतको बुद्धपथस्थित देउती नर्सिङ होमको अगाडि रहने उक्त नयाँ शोरुमको उद्घाटन असोज २५ गते (अक्टोबर ११, २०२६) बिहान १० बजे हुनेछ।

Advertisement

पश्चिम नेपालमा ब्रान्डको यो पहिलो रिटेल आउटलेट हो।

नयाँ आउटलेट सञ्चालनमा आएसँगै सुर्खेत र आसपासका ग्राहकले अल्टिमाका इयरबड्स, हेडफोन, स्पिकर, स्मार्टवाच लगायतका आधुनिक उत्पादनहरू सहजै खरिद गर्न सक्नेछन्।

उद्घाटनको अवसरमा कम्पनीले पहिलो १११ जना ग्राहकलाई मात्र १११ रुपियाँमा ‘बूम स्लिक इयरबड्स’ उपलब्ध गराउने विशेष ‘ओपनिङ–डे अफर’ सार्वजनिक गरेको छ।

यसैगरी सुर्खेत आउटलेटमा आउने ग्राहकहरूले अल्टिमाको ‘दशैँ मेला ३.०’ अभियानअन्तर्गत ७० प्रतिशतसम्मको छुटका साथै विशेष कम्बो डिलहरू पनि प्राप्त गर्न सक्नेछन्।

जसअन्तर्गत नेभिगेटर र ओराको कम्बो रु ८,९९९ तथा साउन्डबार, २०के प्रो, ई४०० र प्राइम १.० को कम्बो रु २,४९९ मा उपलब्ध हुनेछ।

यसबाहेक ग्राहकका लागि ‘स्पिन एन्ड विन’ जस्ता अन्तरक्रियात्मक खेलहरू र ब्रान्डका प्रमुख उत्पादनहरूमा विशेष छुट सुविधासमेत राखिएको छ। कम्पनीले देशभर आफ्नो सञ्जाल विस्तार गर्दै सर्वसुलभ मूल्यमा आधुनिक प्रविधि उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top