बूढीगण्डकी बाढीबारे प्रधानमन्त्री

२६ असोज ८३, सोमबार
Share this
723shares

२६ असोज , काठमाण्डौ ।

Advertisement

बूढीगण्डकी नदीमा लेदोसहित आएको बाढीबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले र्दि जानकारी ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्रीले बाढीमा परी पाँच जना बेपत्ता भएको र उनीहरूको खोजी तीव्र पारिएको उल्लेख ।

Advertisement

प्रधानमन्त्रीका अनुसार गोरखाको चुमनुव्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच बिहान गएको पहिरोपछि नदीमा बाढी आएको तथा बाढीले तल्लो तटीय क्षेत्रमा घर, झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, विद्युत् पोल, निर्माण उपकरण र निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्पमा क्षति पु¥याएको छ।

गोरखाको सल्लेरीस्थित आयोजनाका १२ कर्मचारीसहित ४८ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको तथा प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ४३७ सुरक्षाकर्मी तथा चार हेलिकोप्टर परिचालन गरिएको प्रधानमन्त्रीको भनाइ ।

Advertisement

बाढीको कारण पत्ता लगाउन भूगर्भविद्सहित तीन सदस्यीय विज्ञ टोली ड्रोनसहित परिचालन गरिएको तथा सडक सञ्चालन र बेलिब्रिज जडानको सम्भाव्यता अध्ययन पनि अघि बढाइएको उल्लेख ।

सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत र पूर्वाधार पुनः सञ्चालनका लागि समन्वय गरिरहेको साथै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा जोखिमयुक्त पुल र सडक प्रयोग नगर्न प्रधानमन्त्रीको आग्रह ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top