२८ असोज , काठमाण्डौ ।
नवरात्रको चौथो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै ।
आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने शास्त्रीय परम्परा र धार्मिक विश्वासअनुसार देवी कुष्माण्डाले भक्तजनका आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीनै प्रकारका ताप तथा कष्ट निवारण गर्ने विश्वास ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखिएसँगै नौ दिनसम्म नवदुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ।
पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिएको थियो।

नवरात्रका अवसरमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ पाठ गर्ने परम्परा छ।
देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास ।
आजपनि काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड ।
गुह्येश्वरी, भद्रकाली, मैतीदेवी, मनकामना, गढीमाई, छिन्नमस्ता, बागलुङ कालिका, विन्ध्यवासिनी र उग्रतारालगायत शक्तिपीठमा भक्तजनहरुको भीड ।



