माधव थापाका दुई पुस्तक निर्वाचन जित्ने रणनीति र चीन–भारत प्रतिस्पर्धा सार्वजनिक

२७ असोज ८३, मंगलबार
Share this
781shares

२७ असोज , काठमाण्डौ ।

Advertisement

निर्वाचन कसरी जित्ने र नेपालमा चीन–भारतबीचको भूराजनीतिक प्रतिस्पर्धा कस्तो मोडमा छ भन्ने विषयमा अवकाशप्राप्त नेपाली सेनाका माधव थापाका दुई पुस्तक विमोचन भएका छन् ।

पूर्वपरराष्ट्रमन्त्री एवं पूर्वरथी बालानन्द शर्माले नयाँ बानेश्वरस्थित अल्कोभ रेस्टुरेन्टमा आयोजित कार्यक्रममा How to Win Election <An Election Strategy Making Process र Changing Dynamism of Sino–Indian Geopolitical Rivalry in Nepal सार्वजनिक गरे ।

Advertisement

पहिलो पुस्तकले चुनावी रणनीति निर्माण र अभियान व्यवस्थापनको प्रक्रिया प्रस्तुत गरेको छ।

Advertisement

राजनीतिशास्त्र र सैनिक विज्ञानका सिद्धान्तमा आधारित पुस्तकमा रणनीति निर्माणका नौ प्रमुख चरण र सहायक प्रक्रिया समेटिएका छन्।

तयारीदेखि अभियान सञ्चालन, निरन्तर निगरानी र बदलिँदो परिस्थितिअनुसार रणनीति परिमार्जनसम्मका विषय यसमा छन्।

दल, उम्मेदवार र अभियानकर्तालाई योजनाबद्ध ढंगले चुनावी रणनीति बनाउन सघाउने उद्देश्य राखिएको छ।

यस्तै दोस्रो पुस्तकले नेपालमा चीन र भारतबीचको प्रतिस्पर्धाको बदलिँदो स्वरूप विश्लेषण गरेको छ।

कनेक्टिभिटी, सुरक्षा, संस्कृति तथा ऊर्जा र जलस्रोत गरी चार आयामबाट दुवै देशका रणनीतिक चासो केलाइएको छ।

यस प्रतिस्पर्धाका बीच नेपालको रणनीतिक भूमिका र राष्ट्रिय हितबारे पनि पुस्तकमा चर्चा गरिएको छ।

नेपाली सेनामा २२ वर्ष सेवा गरी स्वैच्छिक अवकाश लिएका थापा अहिले प्राज्ञिक अध्ययन र अनुसन्धानमा सक्रिय छन् ।

राजनीतिशास्त्रमा दर्शनाचार्य (एमफिल) अध्ययनका क्रममा उनी सर्वोत्कृष्ट विद्यार्थी बनेका थिए।

सैनिक सेवाको अनुभव र राजनीतिशास्त्रको ज्ञानलाई जोड्दै उनले दुवै पुस्तक तयार गरेका हुन्।

कार्यक्रममा शर्मासँगै प्राज्ञ डा. रवीन्द्र खनाल प्रमुख अतिथि थिए ।

पूर्वउपरथी पूर्ण सिलवाल, द्वन्द्व, शान्ति तथा विकास केन्द्रका प्रमुख डा. पिताम्बर भण्डारी र अवकाशप्राप्त सहायक रथी रामचन्द्र खत्रीले पुस्तकमाथि टिप्पणी गरे ।

थापाले लेखन र प्रकाशनमा सहयोग गर्ने प्राज्ञ तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे।

राजनीतिशास्त्रका विद्यार्थी, अनुसन्धानकर्ता, राजनीतिकर्मी तथा परराष्ट्र नीति र राष्ट्रिय सुरक्षामा रुचि राख्नेका लागि दुवै पुस्तक उपयोगी सन्दर्भ सामग्री बन्ने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top