२७ असोज , काठमाण्डौ ।
धितोपत्र बजारमा मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेर बन्द ।
अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४.१२ अङ्कले बढेर २५९९.९३ विन्दुमा पुग्यो ।

आज कुल ३५१ वटा कम्पनीका १ करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर कारोबारमार्फत ४ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ बराबरमा खरीदबिक्री ।
कारोबारमा आएकामध्ये १०४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ वटा कम्पनीको घटेको छ र ७ वटा कम्पनीको मूल्य स्थिर ।

मंगलबार कारोबार भएका १३ उपसूचकमध्ये ५ वटामा वृद्धि देखिएको छ भने ८ वटा उपसूचक नकारात्मक ।
जीवन बीमा उपसूचक सर्वाधिक १.७७ प्रतिशतले बढ्यो ।
आजको कारोबारमा सगरमाथा जलविद्युत कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक १२.४४ प्रतिशत नाफा कमाए ।
यता, स्नो रिभर लिमिटेडका सेयरधनीहरूले सर्वाधिक १५.०० प्रतिशत गुमाए ।
आज कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा ।



