२८ असोज , काठमाण्डौ ।
गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच द्विपक्षीय भेटवार्ता ।
बंगालको खाडीको प्रयास (बिम्स्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली पुगेका गृहमन्त्री गुरुङद्वारा भारतीय समकक्षीसँग भेटवार्ता ।


भेटवार्तामा दुवै देशका साझा सुरक्षा चासोका विषयमा समन्वय र सहकार्य सुदृढ गर्ने बारेमा विचार विमर्श भएको गृह मन्त्रालयको भनाइ ।

भेटका क्रममा गृहमन्त्री गुरुङले नेपाली उद्योगी तथा व्यवसायीले भारतीय बजारमा पहुँच पाउन भोग्दै आएका प्राविधिक समस्याबारे चासो राखे ।

विशेषगरी बीआईएस प्रमाणीकरणलगायतका समस्या समाधान गर्न गृहमन्त्री सुधनको आग्रह ।
नेपालको चासोप्रति भारतीय समकक्षीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको मन्त्रालयले दियो जानकारी ।
बिम्स्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन सोमबार नयाँ दिल्ली प्रस्थान गरेका गृहमन्त्री गुरुङ आज बुधबार स्वदेश फर्किदै ।



