महाकालीमा बेपत्ता सशस्त्रका असई ५ दिनपछि मृत भेटिए

२८ असोज ८३, बुधबार
Share this
649shares

२८ असोज , काठमाण्डौ ।

Advertisement

महाकालीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका असई ५ दिनपछि मृत भेटिए ।

कञ्चनपुरमा कार्यरत २६ वर्षीय सागरराज थारू बुधबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेकबहादुर रावतले दिए जानकारी ।

Advertisement

बाढीले क्षति पु¥याएको टेलिकमको तार तान्ने क्रममा उनी शनिबार महाकालीमा खसेर बेपत्ता भएका थिए ।

५ दिनपछि झोलुंगे पुलको क्षतिग्रस्त तार जालीमा अड्किएको अवस्थामा शव फेला परेको डिएसपी रावतको भनाइ ।

Advertisement

तार तान्ने क्रममा सन्तुलन खलबलिएर महाकालीमा खसेर बेपत्ता भएयता सशस्त्र प्रहरीको गोताखोरसहित उनको खोजी हुँदै आएको थियो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–६, घर भएका थारू देवस्थान गुल्म दोधारा चाँदनीमा कार्यरत थिए ।

उनी घटनाको अघिल्लो दिन मात्रै काज सरूवा भई त्यहाँ खटिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top