२८ असोज , काठमाण्डौ ।
ईपीएस कोरिया शाखाद्वारा कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक ।
शाखाले सूचना जारी गरेर आगामी मंसिर १ गतेदेखि सञ्चालन हुने परीक्षा तालिका सार्वजनिक ।

यस पटक परीक्षामा दुईवटा नयाँ क्षेत्र थप गरिएको सूचनामा उल्लेख ।
यसअघि उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने गरेकोमा यसपटकदेखि सेवा क्षेत्र र वन क्षेत्र पनि थप ।

परीक्षा क्षेत्रअनुसार सञ्चालन हुने ।
नोभेम्बर १७ देखि सेवा क्षेत्र, नोभेम्बर १८ देखि वन क्षेत्रमा परीक्षा सञ्चालन हुने ।
नोभेम्बर २० देखि कृषि तथा पशुपालन क्षेत्रको परीक्षा सञ्चालन हुने ।
त्यसैगरी उत्पादनमुलक क्षेत्रको परीक्षा डिसेम्बर ११ देखि सुरु हुने ।
नोभेम्बर १७ देखि सुरु हुने परीक्षा २०२७ फेब्रुअरी २५ सम्म सञ्चालन हुने ईपीएस शाखाको भनाइ ।
यस पटकको परीक्षाका लागि ७६ हजार १७३ जनाले दिए आवेदन ।
यसपटक पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिनेको संख्या सबैभन्दा धेरै ।
जसमा ५३ हजार १०३ जनाले उत्पादनमुलक क्षेत्रमा परीक्षा दिदै ।
कृषि तथा पशुपालनमा २० हजार ९०७, वन क्षेत्रमा १ हजार १२४ र सेवा क्षेत्रमा १ हजार ३९ जनाले आवेदन दिएको उल्लेख ।



