अपहरणको संकेतपछि एयर इन्डियाको विमान आपत्कालीन अवतरण

२८ असोज ८३, बुधबार
Share this
698shares

२८ असोज , काठमाण्डौ ।

Advertisement

जर्मनीको फ्रान्कफर्टबाट भारतको दिल्लीका लागि उडेको एयर इन्डियाको उडान एआई–२०३० ले अपहरणसम्बन्धी सुरक्षा अलर्ट प्राप्त भएपछि जयपुर अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण।

बिहान ९ः०५ बजे एयर ट्राफिक कन्ट्रोल र अहमदाबादका अधिकारीहरूले विमानसम्बन्धी आपत्कालीन सूचना प्राप्त गरेका थिए।

Advertisement

त्यसपछि विमानलाई दिल्लीको सट्टा जयपुरतर्फ मोडिएको थियो।

अघिल्लो रात १०ः४५ बजे फ्रान्कफर्टबाट उडेको बोइङ ७८७–९ विमान जयपुरमा सुरक्षित अवतरण गरेको हो।

Advertisement

प्रारम्भिक जानकारीअनुसार, विमान मुम्बई फ्लाइट इन्फर्मेसन रिजनमा रहेका बेला पाइलटले ‘स्क्वाक कोड ७५००’ सक्रिय गरेका थिए।

यो कोड विमान अपहरण वा गैरकानुनी हस्तक्षेपको सम्भावित संकेतका रूपमा प्रयोग गरिन्छ।

विमान अवतरणपछि सुरक्षा जाँचका लागि छुट्टै आइसोलेसन क्षेत्रमा राखिएको थियो। घटनापछि जयपुर विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको थियो।

प्रहरीको बम डिस्पोजल टोली, दमकल तथा अन्य सुरक्षा निकायका अधिकारीहरू तत्काल घटनास्थल पुगेका थिए।

राजस्थान प्रहरीका वरिष्ठ अधिकारीहरू पनि विमानस्थलमा उपस्थित भएका थिए।

प्रहरीका सहायक आयुक्त शिव दयालका अनुसार, विमानमा बमको धम्की आएको जानकारी विमानस्थलका अधिकारीहरूले प्रहरीलाई दिएका थिए।

यद्यपि, विमानमा सवार यात्रुको संख्या र सुरक्षा अलर्टको वास्तविक कारणबारे आधिकारिक विवरण सार्वजनिक नभएको भारतीय संचारमाध्यामहरुको भनाइ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top