२९ असोज , काठमाण्डौ ।
नवरात्रको पाँचौँ दिन आज नौ दुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा–आराधना गरिँदै ।
प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन दशैं घर तथा पूजा कोठामा स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा ।

नवरात्रका अवसरमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने गरिन्छ।
देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य, विद्या तथा पारिवारिक सुख–शान्ति प्राप्त हुने धार्मिक विश्वास ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाताको पूजा गरिन्छ।
त्यसैगरी छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको आराधना गर्ने परम्परा ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड ।
पौराणिक मान्यताअनुसार स्कन्दमाता भगवान् स्कन्द अर्थात् कार्तिकेयकी माता हुन्।
सिंहासनमा विराजमान तथा हातमा कमलपुष्प धारण गरेकी स्कन्दमातालाई मातृत्व, शक्ति र करुणाकी प्रतीकका रूपमा पूजा गरिन्छ।



