मनसुन बाहिरिए पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

२९ असोज ८३, बिहीबार
Share this
764shares

२९ असोज , काठमाण्डौ ।

Advertisement

देशका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना ।

बुधबार यो वर्ष १२ दिन ढिलो गरी नेपालबाट मनसुन बाहिरिए पनि पश्चिमी र स्थानीय वायुको प्रभावले आज वर्षाको पूर्वानुमान ।

Advertisement

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव ।

मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यो वर्ष १२ दिनपछि बुधबार नेपालको भूभागबाट पूर्ण रूपमा बाहिरिएको हो ।

Advertisement

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बादल लाग्ने तथा बाँकी तराईमा मौसम मुख्यतया सफा रहने ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा कोसी र बागमती प्रदेशका हिमाली र पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना ।

लुम्बिनी र सुदूरपश्चिमको तराईका एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना ।

राति हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम मुख्यतया सफा रहने ।

हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागको जानकारी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top