२९ असोज , काठमाण्डौ ।
गृहमन्त्री सुधन गुरुङ भारतको तीनदिने औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रका गृहमन्त्रीहरूको बैठकमा सहभागी हुन उनी भारतको नयाँदिल्ली गएका थिए।

गृहमन्त्री बनेपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो।
भ्रमणका क्रममा उनले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता र विदेशमन्त्री एस जयशंकरसँग समेत भेट गरेका थिए।

भेटवार्तामा नेपाल–भारतबीचको आपसी सम्बन्ध, सुरक्षा सहकार्य तथा साझा चासोका विषयमा छलफल भएको थियो।
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी भएर गुरुङले क्षेत्रीय सहयोग र सुरक्षा सम्बन्धी विषयमा समेत छलफल गरेका थिए।
तीनदिने भ्रमण पूरा गरी स्वदेश फर्किएका गृहमन्त्री गुरुङको भ्रमणलाई नेपाल र भारतबीचको सुरक्षा सहकार्य तथा क्षेत्रीय साझेदारीका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।



