सतुंगलमा घरमा पस्यो मालवाहक ट्रक

३० असोज ८३, शुक्रबार
Share this
753shares

३० असोज , काठमाण्डौ ।

Advertisement

काठमाडौंको सतुंगलमा बिहीबार राति एक मालवाहक ट्रक घरभित्र पस्दा तीनवटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति ।

दुर्घटनामा एक जना सामान्य घाइते भएको र घटनामा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ ।

Advertisement

प्रहरीका अनुसार वाग्मती प्रदेश ०३–००१ ख ०९५३ नम्बरको मालवाहक ट्रक बिहीबार राति करिब ९ः१५ बजे सतुंगलस्थित एक घरभित्र पसेको थियो।

ट्रक घरभित्र पस्दा आसपास रहेका तीनवटा पसलमा क्षति पुगेको थियो भने त्यहाँ पार्किङ गरेर राखिएको वाग्मती प्रदेश ०२–०५५ प ९१८२ नम्बरको विद्युतीय स्कुटरमा समेत क्षति पुगेको प्रहरीको भनाइ ।

Advertisement

दुर्घटनापछि स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार तथा व्यवस्थापनको काम गरिएको थियो। ट्रक कसरी घरभित्र पस्यो भन्ने विषयमा प्रहरी अनुसन्धान जारी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top