३१ असोज , काठमाण्डौ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाले आज शपथग्रहण गर्दैै ।
शपथग्रहण गरेसँगै आजै गगनले पदबहाली पनि गर्ने ।

दसैँको फूलपातीको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेसले दियो जानकारी ।
कांग्रेस महाधिवेशनको मतगणना सम्पन्न भएपछि सभापतिमा निर्वाचित थापाको शपथग्रहण तथा पदबहालीका लागि कार्यक्रम तय गरिएको कांग्रेसको भनाइ ।

शपथग्रहण तथा पदवहाली समारोहमा सहभागी हुन नेपाली कांग्रेस केन्द्रीय कार्यालयले उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिए जानकारी ।
अन्य केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको शपथ भने दसैँंपछि मात्र गरीने ।
कांग्रेसको १५ औं महाधिवेशनले हालै २३१ सदस्यीय समिति गरेको थियो निर्वाचित ।



