तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

१ कात्तिक ८३, शनिबार
Share this
803shares

३१ असोज , काठमाण्डौ ।

Advertisement

दशैंका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहको निरन्तर पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको जानकारी ।

Advertisement

निर्णयअनुसार कात्तिक १ देखि ३ गतेसम्म तीन दिन तातोपानी नाका सञ्चालन हुने ।

उक्त अवधिमा कार्गो ट्रकलाई मात्र आवतजावत गर्न अनुमति दिइने ।

Advertisement

यसले नेपाल–चीन व्यापारिक आवागमनलाई सहजीकरण गर्नुका साथै चाडपर्वका बेला आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा ।

भदौ १० को भोटेकोशी बाढीपछि १५ गतेदेखि चीनले सुरक्षा र भौगोलिक जोखिम औँल्याउँदै नाका बन्द गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top