२ कार्तिक , काठमाण्डौ ।
बडा दशैंको नवनैं दिन भएपनि आज पनि अष्टमी तिथि अनुशार महाअष्टमीको कर्म गरिदै ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्ष नवरात्रमा तिथि वृद्धि भएर दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीका कर्म गर्नुपर्ने बतायो ।

समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख ।
समितिका पूर्वसदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म आज कात्तिक २ गते पनि दसैँघर वा पूजा कोठामा दोहो¥याउनुपर्ने ।

कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि अष्टमीका दिन गरिने पूजा, आराधना तथा अन्य कर्म भने दोहो¥याउनुपर्ने ।
यस वर्ष आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने गएराति कात्तिक १ गते नै गरियो ।
अष्टमी दुई दिन परेकाले यस वर्ष नवरात्र दशरात्र बन्न पुगेकाले विजयादशमीमा १० रात्रिका जमरा लगाइने ।
हनुमानढोकामा राज्यका तर्फबाट गरिने कालरात्रि पूजा भने आज राति हुने ।
परम्पराअनुसार तलेजुका पुजारीले गर्ने पूजाबारे समितिसँगको परामर्शपछि यस्तो निर्णय गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाको भनाइ ।
हनुमानढोकामा राति १०८ पशु बलिसहित महाअष्टमीको मूल पूजा तथा आराधना गर्ने परम्परा ।



