२ कार्तिक , काठमाण्डौ ।
लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि पक्राउ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले शनिबार पक्राउ गरेका भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान ।

प्रहरीका अनुसार यसअघि हिरासतमा रहेका इनम सापकोटाको बयान र उनीसँग देखिएको शंकास्पद कारोबारका आधारमा भट्टमाथि अनुसन्धान अघि बढाइएको हो ।
काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जानकारी दिए ।

भट्ट दीपक भट्टका दाइ हुन् ।
दीपकसँगको सम्बन्ध र उनीसँग जोडिएका कारोबारका विषयमा पनि अनुसन्धान भइरहेको उल्लेख ।
इनम सापकोटासँग मिलेर दीपक भट्टलाई छुटाउन विभिन्न निकायमा चलखेल गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा सुशील भट्ट पनि अनुसन्धानको दायरामा आएको प्रहरी स्रोतको भनाइ



