३ कार्तिक , काठमाण्डौ ।
पोर्चुगल फुटबल महासंघ (एफपीएफ) द्वारा राष्ट्रिय टोलीको शिविर छाडेको घटनालाई लिएर कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना ।
प्रशिक्षक जर्ज जिससले आफ्नो वचन तोडेको र विश्वास उल्लंघन गरेको आरोप लगाउँदै रोनाल्डोले राष्ट्रिय टोलीको शिविर छाडेपछि महासंघको अनुशासन समितिले घटनाबारे छानबिन गर्दै रोनाल्डोमाथि गर्याे कारबाही ।

अनुशासन समितिले रोनाल्डोले आफ्नो गल्तीप्रति पश्चात्ताप व्यक्त गर्नुका साथै टोलीका साथी र समर्थकसँग माफी मागेको विषयलाई कारबाही निर्धारण गर्दा ध्यानमा राखेको उल्लेख ।
डेनमार्कविरुद्धको खेल भएको दिनदेखि लागू भएको निलम्बन उनले अधिकांश समय पूरा गरिसकेका छन्।

महासंघका अध्यक्ष पेड्रो प्रोएन्काद्वारा विवाद समाधान भएपछि रोनाल्डोलाई पुनः राष्ट्रिय टोलीमा फर्काउने इच्छा व्यक्त ।
४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २३४ खेलमा १४६ गोल गरेका छन्।
उनी अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्।
रोनाल्डोले पोर्चुगललाई सन् २०१६ को युरो कपसँगै दुईपटक नेसन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।



