विश्वमा प्रत्येक १३ मध्ये एकजना भोको,वर्षमा १ अर्ब टनभन्दा बढी खाना खेर

५ कात्तिक २०८३, बिहीबार
Share this
755shares

५ कार्तिक , काठमाण्डौ ।

Advertisement

विश्वभर उत्पादन भएको करिब १३ प्रतिशत खाद्यान्न उपभोक्तासम्म पुग्नुअघि नै खेर जाने गरेको तथ्याङ सार्वजनिक ।

खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार, खेतदेखि उपभोक्ताको भान्सासम्म पुग्ने क्रममा ठूलो परिमाणमा खाद्यान्न नष्ट हुने ।

Advertisement

फलफूल र तरकारी सबैभन्दा बढी खेर जाने खाद्यवस्तुमा पर्ने ।

संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमका अनुसार पसल, रेस्टुरेन्ट र घरपरिवारबाट समेत हरेक वर्ष ठूलो परिमाणमा खानेकुरा फालिन्छ ।

Advertisement

त्यसमध्ये ६० प्रतिशत घरपरिवारबाट, २८ प्रतिशत रेस्टुरेन्ट तथा अन्य खाद्य सेवाबाट र १२ प्रतिशत पसलबाट खेर जाने ।

अध्ययनअनुसार विश्वभर प्रत्येक व्यक्तिले औसतमा वर्षमा १३२ किलो खाना खेर फाल्छन् ।

माल्दिभ्समा प्रतिव्यक्ति वार्षिक २६० किलो खाना खेर जाने गरेको छ भने स्पेनमा यो परिमाण ३९ किलो छ ।

खाद्यान्न खेर जाने क्रम जारी रहँदा सन् २०२५ मा विश्वभर अनुमानित ६० करोड ४५ लाख मानिसले भोकमरीको सामना गरेका छन् ।

अफ्रिकामा सबैभन्दा बढी ३० करोड ९० लाख र एसियामा २० करोड ९२ लाख मानिस भोकमरीबाट प्रभावित भएका छन् ।

खाद्यान्नको नोक्सानीले विश्व अर्थतन्त्रमा वार्षिक एक खर्ब डलरभन्दा बढी घाटा पु¥याउनुका साथै फालिएको खाना कुहिँदा निस्कने मिथेन ग्यासले हरितगृह ग्यास उत्सर्जनसमेत बढाउने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top