६ कार्तिक , काठमाण्डौ ।
अन्तर्राष्ट्रिय हानी नोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान दिने ।
कात्तिक ५ गते बसेको कोषको सञ्चालक समिति (बोर्ड) बैठकले नेपाललाई उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले दियो जानकारी ।

यो सहयोग नेपालको जलवायु वित्तका क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको मन्त्रालयको भनाइ ।
नेपाल जलवायु परिवर्तन तथा प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै मन्त्रालयले नेपालको विपद् संवेदनशीलतालाई ध्यानमा राखेर सहयोगका लागि विश्वास गरेकोमा अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त ।

नेपाल सरकारले हानी नोक्सानी कोषबाट आपत्कालीन सहायता तत्काल उपलब्ध गराउन माग गर्दै भदौ १५ गते औपचारिक रूपमा पत्राचार गरेको थियो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको संयुक्त हस्ताक्षरमा कोषको सञ्चालक समितिका सह–अध्यक्षहरूलाई सम्बोधन गर्दै पत्र पठाइएको थियो।
सरकारले आपत्कालीन कोष उपलब्ध गराउन आग्रह गरेको करिब डेढ महिनापछि कोषले नेपाललाई २० मिलियन डलर अनुदान दिने निर्णय गर्याे ।



