६ कार्तिक , काठमाण्डौ ।
नेपाल क्रिकेट संघ (क्यान) द्वारा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलका लागि टिकट मूल्य निर्धारण ।
क्यानले सार्वजनिक गरेको टिकट दरअनुसार लिग चरणका खेल हेर्न साधारणतर्फ ५ सय रुपैयाँ र प्रिमियमतर्फ १ हजार रुपैयाँ तिर्नुपर्ने ।

त्यस्तै, प्रतियोगिताको इलिमिनेटर र फाइनल खेलका लागि टिकटको मूल्य बढाउदै ती खेलका लागि साधारण टिकट १ हजार रुपैयाँ तथा प्रिमियम टिकट २ हजार रुपैयाँमा उपलब्ध हुने ।
क्यानका अनुसार एनपीएलको तेस्रो संस्करणका लागि टिकट इसेवामार्फत खरिद गर्न सकिनेछ।

दर्शकले अनलाइनबाटै टिकट खरिद गरी प्रतियोगिताका खेल प्रत्यक्ष हेर्न सक्ने ।
एनपीएलको तेस्रो संस्करण सोमबारदेखि काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै ।



