७ कार्तिक , काठमाण्डौ ।
देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा ।
मौसम पूर्वानुमान महाशाखाका अनुशार आज दिउँसो पनि हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने तथा तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने ।

उच्च हिमाली क्षेत्रमा हिमपातका कारण चिसो थप बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा देशका बाँकी हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान ।



