ब्राजिलको राष्ट्रपतिमा पराजित बोल्सोनारोलाई विदेश जान प्रतिबन्ध

११ कात्तिक २०८३, बुधबार
Share this
693shares

११ कार्तिक , काठमाण्डौ ।

Advertisement

ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित फ्लाभियो बोल्सोनारो अमेरिका पुगेको समाचार सार्वजनिक भएपछि ब्राजिलको राजनीतिक वृत्तमा विवाद ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान चलिरहेका बेला सर्वोच्च अदालतले उनलाई विदेश जान प्रतिबन्ध लगाउँदै २४ घण्टाभित्र राहदानी बुझाउन आदेश दिएको थियो।

Advertisement

आदेश पालना नगरेपछि उनको राहदानी रद्द गरिएको उल्लेख । बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले फ्लाभियो र उनको परिवारलाई भिसा जारी गरेर अमेरिका प्रवेश गर्न दिएका थिए ।

फ्लाभियोले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन्।

Advertisement

उनले यसअघि सामाजिक सञ्जालमार्फत आफू ब्राजिल नछाड्ने र अदालतको आदेश पालना गर्ने बताएका थिए।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले फ्लाभियोद्वारा देश छाडेको खबरप्रति टिप्पणी गर्दै निर्वाचनमा पराजित हुँदा आफू देशमै बसेको टिप्पणी ।

यसअघि फ्लाभियोका पिता तथा पूर्वराष्ट्रपति जायर बोल्सोनारो पनि सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएपछि अमेरिका गएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top