११ कार्तिक , काठमाण्डौ ।
बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्डव’को प्रभावले नेपालका विभिन्न प्रदेशमा कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भनाइ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह ।

प्राधिकरणका अनुसार कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुन सक्ने।
केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षा हुन सक्ने अनुमान ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्राधिकरणको अनुरोध ।
नदी तथा खोलाका किनार र बाढीको जोखिम भएका क्षेत्रमा नबस्न तथा मौसम पूर्वानुमान र आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न आग्रह ।
विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान पनि प्राधिकरणको अनुरोध ।



