११ कार्तिक , काठमाण्डौ ।
मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला वर्षभरि खाने धान सकुशल भित्र्याउन भ्याइनभ्याई ।
धान काटिसकेका तर अहिलेसम्म भण्डारण गर्न नपाएका किसानलाई पानी परे खेतको बाली भिज्ने डर ।

काट्न बाँकी रहेकालाई पनि हुरीबतास र पानीले धान ढाल्ने चिन्ता ।
धानको बाला लामो समयसम्म भिजे बिग्रने जोखिम हुने भएकाले अहिले धान भित्र्याउन भ्याइनभ्याई भएको नेपालगन्ज उपमहानगरपालिका–१९ सुईयागाउँका किसान ध्रुवकुमार थापा क्षेत्रीको जानकारी ।

विगतका वर्षहरूमा प्रायः दसैँ सकिएपछि मात्रै धान भित्र्याउने समय आउँथ्यो ।
तर, यसपालि दसैँ केही ढिला परेकाले धान पाक्ने र दसैँ मनाउने समय एकैपटक जुध्न पुगेकाले गर्दा गाउँघरमा दसैँ नसकिँदै खेतबारीको कामको हतारो ।



