१३ कार्तिक , काठमाण्डौ ।
मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो आठ राउन्ड गोली ।
नेपाल–भारत सीमावर्ती क्षेत्र नजिकै प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते ।

पेस्तोल र करिब आधा किलो ब्राउन सुगरसहित तीन जना पक्राउ ।
प्रहरीको गोली लागेर भारत अररिया, कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते ।

दुवै घाइतेको कोशी अस्पताल विराटनगरमा उपचार जारी ।
उनीहरूसँगै रहेका मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर पनि पक्राउ ।
लागुऔषधको ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोली खटिँदा राति करिब ९ः३० बजे रतुवामाई नगरपालिका–६ शनिश्चरेमा भारतीय नम्बर प्लेट बीआर ३७ भी ३९२६ र नम्बर नखुलेको अर्को मोटरसाइकलमा सवार तीन जनालाई प्रहरीले रोक्न खोजेको थियो ।
ती व्यक्ति भागेपछि प्रहरीले ८ राउण्ड गोली चलाएको मोरङ प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रको भनाइ ।
प्रहरीले चलाएको गोली दुई भारतीय नागरिकको घुँडा मुनी लागेको र प्रहरीले चाइनिज पेस्तोलबाट ५ राउन्ड र ब्रेडा पेस्तोलबाट ३ राउन्ड गरी जम्मा ८ राउन्ड गोली प्रहार गरेको डिएसपी मिश्रले दिए जानकारी ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट एक थान घरेलु पेस्तोल र त्यसमा लाग्ने एक राउन्ड गोली बरामद ।
करिब ५०० ग्राम खैरो हेरोइन र मोटरसाइकल पनि बरामद ।
लामो समयदेखि यो समूहले लागुऔषधको कारोबार गर्दै आएको र घटनाको थप अनुसन्धान भइरहेको डिएसपी मिश्रले दिए जानकारी ।



