१३ कार्तिक , काठमाण्डौ ।
जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा ।
प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले दिए जानकारी ।

यस विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको उल्लेख ।
जनकपुरधामबाट अयोध्यासम्म रामायण सर्किटअन्तर्गत विशेष रेल सेवा सञ्चालन गर्न आवश्यक पूर्वतयारीका विषयमा छलफल ।

नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय तथा भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु र रेल सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति ।
केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गरेको पनि जानकारी ।
जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनुका साथै धार्मिक पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा ।
उद्घाटनको मिति भने तय हुन बाँकी । प्रधानमन्त्री शाहले आउँदो मंसिर ६ गतेदेखि भारत भ्रमण गर्ने ।



