नेपाल बैंकको “सर्वसुलभ आवास कर्जा” योजना

१३ कात्तिक २०८३, शुक्रबार
Share this
734shares

१३ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडद्वारा विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक ।

बैंकले आफ्नो ९० औं वार्षिकोत्सवको अवसर पारेर ९० दिनको लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा आकर्षक “सर्वसुलभ आवास कर्जा” योजना ल्यायो ।

Advertisement

यो घर कर्जा योजना अन्तर्गत ग्राहकले घर खरिद, निर्माण तथा मर्मत र अपार्टमेन्ट समेत खरिद गर्न सक्ने ।

आधार दरमा ०.५ प्रतिशत मात्र प्रिमियम थप प्रारम्भ हुने यो कर्जाको अवधि अधिकतम २५ वर्ष सम्म हुने ।

Advertisement

हाल नेपाल बैंकबाट मात्र ८.५५ प्रतिशत ब्याजदरमै यो कर्जा लिन सकिने ।

त्यसैगरी यो घर कर्जामा ०.२५ प्रतिशत मात्र सेवा शुल्क लाग्ने ।

यो कर्जा लिने ग्राहकलाई बैंकले ५ लाख सम्मको लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सुविधा र लकर सुविधाको वार्षिक शुल्कमा ५० प्रतिशत छुट दिने ।

नेपालभरका २३० वटै शाखाहरूबाट उक्त घर कर्जा लिन सकिने छ भने यो योजना २०८३ कार्तिक १५ गते देखि २०८३ माघ १५ सम्म जम्मा ९० दिनको लागि रहने बैंकको भनाइ ।

नेपाल बैंक लिमिटेड यही कार्तिक ३० गते आफ्नो स्थापनाको ९० औं वर्षमा प्रवेश गर्दैछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top