चीनमा ११० रोबोटले एकैसाथ नाचेर बनाए विश्व कीर्तिमान

१३ कात्तिक २०८३, शुक्रबार
Share this
808shares

१३ कार्तिक , काठमाण्डौ ।

Advertisement

चिनियाँ मोटरसाइकल निर्माता कम्पनी जेडएक्समोटोका संस्थापक चाङ सुएले मोडिफाइड मोटरसाइकलमार्फत पानीको सतहमा ४०.७४ किलोमिटर यात्रा गरी नयाँ गिनिज वल्र्ड रेकर्ड कायम गरेका छन् । यससँगै उनले यसअघिको ३१.८ किलोमिटरको विश्व कीर्तिमानलाई तोडेका छन् ।

३९ वर्षीय चाङले गत अक्टोबर २५ मा मध्य चीनको हुनान प्रान्तस्थित आफ्नै गृहनगर मायाङ मियाओ स्वायत्त काउन्टीको नदीमा उक्त कीर्तिमान रचेका हुन् । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार, उनले परिमार्जित एमएक्स ४५० मोटरसाइकल नदीमा ४०.७४ किलोमिटर दौडाएर पानीमा सबैभन्दा लामो दूरी तय गर्ने नयाँ कीर्तिमान बनाएका हुन् ।

Advertisement

उद्धार डुंगा तथा स्वास्थ्य टोलीको सतर्कताबीच सुरु भएको उक्त प्रयासलाई गिनिज वल्र्ड रेकड्र्सका अधिकारीहरूले जीपीएस ट्य्राकिङ, समय र भिडियो प्रमाणहरूको सूक्ष्म अध्ययन गरेर प्रमाणीकरण गरेका थिए । पानीमा तैराउनका लागि उक्त मोटरसाइकलमा विशेष फ्लोटेसन उपकरण र वाटरप्रुफिङ प्रविधिको प्रयोग गरिएको थियो ।

सामान्यतया उक्त मोडलको मोटरसाइकलको तौल ९८ देखि १०२ किलोग्रामसम्म हुने गर्छ । कठिन मोडहरू र शारीरिक थकानका बाबजुद चाङले ६ वटा ल्याप पूरा गर्दै यात्रा सम्पन्न गरेका थिए । गिनिजका निर्णायक सिओङ वेनले घटनास्थलमै उक्त कीर्तिमानको घोषणा गरेका थिए ।

Advertisement

चाङले २२ वर्षको उमेरमा पहिलोपटक पानीमा मोटरसाइकल चलाउने प्रयास गरेका थिए । १७ वर्षअघि प्रविधिको सीमितताका कारण उनका लगातार चारवटा प्रयास असफल भएका थिए र त्यतिबेला उनले बढीमा २० मिटर मात्र दूरी पार गर्न सकेका थिए ।

यसपटकको सफलताका लागि चाङको टोलीले मोटरसाइकलको तैलिने क्षमता, वाटरप्रुफ सिलिङ र पावर सिस्टम सुधार गर्न करिब पाँच महिना कडा मिहिनेत गरेको थियो । ऐतिहासिक सफलतापछि प्रतिक्रिया दिँदै चाङले भने, ‘म यो गर्न सक्छु भन्नेमा विश्वस्त थिएँ ।असफल नै भए पनि म बिना हिचकिचाहट निरन्तर लागिरहने थिएँ ।’

आफ्नै गृहनगरमा यो कीर्तिमान बनाउन पाउँदा व्यक्तिगत सपना पूरा हुनुका साथै यो उपलब्धि थप अर्थपूर्ण बनेको उनको भनाइ छ । यसैबीच चीनमा ११० मानवाकार रोबोटले एकैसाथ नृत्य प्रस्तुत गर्दै विश्व कीर्तिमान कायम गरेका छन् ।

चीनको पूर्वी शान्दोङ प्रान्तस्थित जिनान सहरमा अक्टोबर २४ मा ती रोबोटले पाँच मिनेटभन्दा लामो समयसम्म सामूहिक नृत्य प्रदर्शन गरेका हुन् । उक्त नृत्य प्रदर्शनमा कुनै पनि रोबोटलाई वास्तविक समयमा मानिसले नियन्त्रण गरेका थिएनन् ।

पूर्वनिर्धारित प्रविधि तथा स्वचालित प्रणालीको प्रयोगबाट रोबोटहरूले एकैसाथ नृत्य प्रस्तुत गरेका थिए । एकैपटक सबैभन्दा धेरै मानवाकार रोबोटले नृत्य गरेको उक्त प्रदर्शनलाई गिनिज वल्र्ड रेकर्डले विश्व कीर्तिमानका रूपमा मान्यता दिएको छ ।

जमिनका प्रविधिहरुमा मात्रै होइन चीनले अन्तरिक्षमा समेत प्रविधिको उच्चतम प्रयोग गरिरहेको छ । यसैबीच स्टारलिंकसँग प्रतिस्पर्धा गर्न चीनले पनि स्याटेलाइटमा आधारित इन्टरनेट सेवा विकास गरिरहेको छ। चीनको ‘गुओवाङ’ स्याटेलाइट नेटवर्कले गरेको परीक्षण सार्वजनिक भइसकेको छ, जसमा आर्कटिक क्षेत्रका अनुसन्धानकर्ताले अन्टार्कटिकमा रहेका कर्मचारीसँग भिडियो कल गरेका थिए ।

उक्त कलमा एक सेकेन्डभन्दा कम विलम्ब (डिले) देखिएको बताइएको छ । यो परीक्षणलाई स्पेसएक्सको स्टारलिंकसँग प्रतिस्पर्धा गर्न स्वतन्त्र उपग्रह सञ्चार प्रणाली निर्माण गर्ने बेइजिङको प्रयासको प्रारम्भिक उपलब्धिका रूपमा हेरिएको छ । सरकारी प्रसारक सीसीटीभीले सेप्टेम्बरको अन्त्यतिर परीक्षणबारे जानकारी दिएको थियो ।

चीनका तीन पोलार एक्पेडिसन जहाजमा रहेका अनुसन्धानकर्ताले अन्टार्कटिकस्थित चीनको ‘छिनलिङ स्टेसन’का कर्मचारीसँग सम्पर्क गरेका थिए । परीक्षणका क्रममा अनुसन्धान जहाज र चीनको राष्ट्रिय समुद्री डाटा तथा सूचना सेवाबीच डाटा आदानप्रदान पनि गरिएको थियो ।

गुओवाङको सञ्जाल स्टारलिंकको तुलनामा अझै सानो भए पनि चीनले स्वतन्त्र स्याटेलाइट सञ्चार प्रणालीलाई रणनीतिक रूपमा महत्त्वपूर्ण मानेको छ । परम्परागत सञ्चार पूर्वाधारको पहुँच नपुगेका दुर्गम क्षेत्रमा यसले सञ्चार सुविधा पु¥याउन सक्ने अपेक्षा गरिएको छ ।

सरकारी स्वामित्वको चाइना स्याटेलाइट नेटवर्क ग्रुपले गुओवाङ स्याटेलाइट सञ्जालको व्यवस्थापन गर्छ । यस नेटवर्कका लागि डिसेम्बर २०२४ मा स्याटेलाइट प्रक्षेपण सुरु गरिएको थियो । हालसम्म १८० भन्दा बढी अन्तरिक्ष यान कक्षमा प्रवेश गरिसकेको बताइएको छ ।

कम्पनीले सन् २०३५ सम्ममा १२ हजार ९९२ स्याटेलाइट तैनाथ गर्ने योजना बनाएको छ । चीनले सन् २०२७ को अन्त्यसम्ममा ४०० स्याटेलाइट कक्षमा पु¥याएर देशव्यापी कभरेज उपलब्ध गराउने लक्ष्य राखेको छ। दीर्घकालीन रूपमा सन् २०२९ को अन्त्यसम्ममा स्याटेलाइटको संख्या करिब १ हजार ३०० पु¥याउने योजना छ ।

ध्रुवीय क्षेत्रमा गरिएको परीक्षणले गुओवाङमार्फत व्यावहारिक सञ्चालनसम्बन्धी सूचना आदानप्रदान गर्न सकिने सम्भावनासमेत जाँचेको थियो । अनुसन्धानकर्ताले चिनियाँ समुद्री सूचना निकायसँग डाटा फाइल र यात्रासम्बन्धी विवरण आदानप्रदान गरेका थिए ।

विदेशी सञ्चार प्रदायकमा निर्भर नभई समुद्री अभियानका टोलीलाई गतिविधि समन्वय गर्न यसले सहयोग पु¥याउन सक्ने बताइएको छ । सीसीटीभीले परीक्षणलाई स्वतन्त्र रूपमा नियन्त्रित ध्रुवीय सञ्चार प्रणाली विकास गर्ने दिशामा भएको प्रगतिका रूपमा वर्णन गरेको छ । संवेदनशील सूचना आफ्नै पूर्वाधारभित्र राख्ने चीनको चाहनासँग पनि यो प्रयास जोडिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top