नेपाली गेमिङ उद्योगलाई विश्वस्तरीय बनाउने प्रधानमन्त्रीको घोषणा

१४ कात्तिक २०८३, शनिबार
Share this
718shares

१४ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाली गेम डेभलपमेन्ट तथा आईटी उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन नीतिगत सुधार, कर सहुलियत र लगानीमैत्री वातावरण निर्माण गर्ने प्रधानमन्त्री वालेन्द्र शाहको घोषणा ।

नेपालमै विकास गरिएका लुडो र कलब्रेकजस्ता गेमले विश्व बजारमा करोडौँ डाउनलोड हासिल गरेको उल्लेख गर्दै नेपाली युवामा विश्वस्तरीय डिजिटल उत्पादन निर्माण गर्ने क्षमता रहेको भनाइ ।

Advertisement

May be an image of motorcycle and text

लुडो गेम करिब २० करोडपटक र कलब्रेक गेम १५ करोडभन्दा बढी पटक डाउनलोड भएको भन्दै नेपालमै रहेर विश्वबजारमा सफलता हासिल गरेका गेम कम्पनी तथा गेम एप निर्माणमा सक्रिय युवाहरूको समस्या बुझ्न उनीहरूसँग छलफलसमेत गरिएको फेसबुकमार्फत बालेनले दिए जानकारी ।

Advertisement

नेपालबाटै विश्वस्तरीय ‘युनिकर्न’ कम्पनी निर्माण गर्न सहज हुने कानुनी तथा व्यावसायिक वातावरण तयार पार्ने विषयमा सरकारले काम अघि बढाउने जिकिर ।

त्यस्तै, आईटी उत्पादन तथा निर्यात क्षेत्रलाई थप प्रोत्साहन गर्न करसम्बन्धी व्यवस्था सहज बनाउने, नीतिगत सुधार गर्ने र अन्तर्राष्ट्रिय आम्दानीसँग सम्बन्धित नियमलाई थप व्यावहारिक बनाउने सरकारको योजना।

नेपाली प्रतिभा तथा कम्पनीले सहज रूपमा आम्दानी गर्न र त्यसलाई पुनः लगानी गर्न सक्ने वातावरण निर्माणमा सरकारले ध्यान दिने उल्लेख ।

गेमिङ तथा समग्र आईटी उद्योगको विकासका लागि गेम जाम, स्टार्टअप कार्यक्रम, ह्याकाथन र इकोसिस्टमसम्बन्धी कार्यक्रमहरूमा लगानी गर्ने योजना रहेको पनि जानकारी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top