१४ कार्तिक , काठमाण्डौ ।
जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर फरार ।
गएराति सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट उनीहरू सुरुङ खनेर भागेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले दिए जानकारी ।

१७ जना कैदी रहेकोमा पुर्पक्षमा थुनामा रहेका २ जना र ६ जना कैदी सुरुङ खनेर भागेको उल्लेख ।
उनीहरूको खोजी कार्य भइरहेको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ ।

घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको टोली कारागार पुगेको जानकारी ।
घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षणपछि मात्रै घटनाको थप विवरण यकिन हुने ।
घटनाबारे कारागार र जिल्ला प्रहरी कार्यालयले भने औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।



