१४ कार्तिक , काठमाण्डौ ।
जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले अहिले चरम मौसमी मार खेपिरहेका छन् ।
एकातिर भारी वर्षाले निम्त्याएको बाढी–पहिरो र डुबानको जोखिम, अर्कातिर हिउँ पग्लिनेलगायतका कारण हिमपहिरो, हिमताल विस्फोटजस्ता घटना बढीरहेका छन् ।


जसका कारण हजारौं नेपालीहरु प्रभावित भएका छन् ।

नेपालले हालैका दिनमा यस्ता विभिन्न चुनौती र संकटहरूको सामना गरिरहेको छ ।

यस कठिन घडीमा एकअर्कालाई सहयोग गर्नु र आवश्यक परेकाहरूको साथमा उभिनु हामी सबैको साझा जिम्मेवारी र नैतिक कर्तव्य हो ।
यसै सामाजिक उत्तरदायित्व र सामूहिक सहकार्यको भावनालाई आत्मसात गर्दै नेपाल एच. वन फिटनेस प्रा.लि. (Nepal H. One Fitness Pvt. Ltd.) का तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २७,०४,८५० (अक्षरेपी सत्ताईस लाख चार हजार आठ सय पचास रुपैयाँ मात्र) आर्थिक सहयोग प्रदान गरिएको छ ।

उक्त सहयोग रकम अर्थमन्त्री, कानुनमन्त्री तथा अर्थ मन्त्रालयका सचिव एवं उच्च पदस्थ कर्मचारीहरूको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।
यस महत्वपूर्ण मानवीय अभियानलाई सफल बनाउन नेपालभर रहेका सम्पूर्ण H One Fitness सेन्टरहरू तथा यसका सेवाग्राहीको साथ रहेको कम्पनीले जनाएको छ ।
यस अभियानमा कम्पनीका अध्यक्ष जनक भुसाल तथा प्रमुख कार्यकारी अधिकृत सुनील श्रेष्ठको नेतृत्व, प्रतिबद्धता र सामाजिक उत्तरदायित्वप्रतिको भावनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको कम्पनीले जनाएको छ ।

कुनै पनि संस्थाको वास्तविक सफलता केवल व्यावसायिक उपलब्धिमा मात्र नभई समाज र राष्ट्रप्रतिको योगदानमा पनि निहित हुने अध्यक्ष भुसालको विश्वास छ ।
विपद् र कठिन परिस्थितिमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मानवता, सहकार्य र एकताको भावना प्रस्तुत गर्नु नै सच्चा नागरिक धर्म रहेको उनी बताउँछन् ।



