कुलेखानीमा जलसतह बढेसँगै पहिलो चेतावनी जारी

१४ कात्तिक २०८३, शनिबार
Share this
693shares

१४ कार्तिक , काठमाण्डौ ।

Advertisement

कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि पहिलो चेतावनी जारी ।

कुलेखानी जलविद्युत आयोजनाको जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण जलाशय (इन्द्रसरोवर) मा पानीको सतह बढ्दै गएको र जलसतह सन्तुलित राख्न बाँधको ढोका खोल्नुपर्ने सम्भावनालाई मध्यनजर गर्दै कुलेखानी प्रथम जलविद्युत् केन्द्रद्वारा ‘पहिलो चेतावनी’ जारी ।

Advertisement

ड्यामका ढोका खोल्नुपर्ने अवस्था आएमा थप सूचना सम्प्रेषण गरी पूर्व चेतावनीको साइरन बजाइने उल्लेख ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै ड्यामको तल्लो तटीय क्षेत्र तथा नदी किनार आसपासका बस्तीमा रहेका सम्पूर्ण नागरिकहरूलाई खोला किनारबाट टाढा अग्लो र सुरक्षित स्थानमा सर्न आग्रह ।

Advertisement

साथै देउराली–सिस्नेरी सडक खण्ड प्रयोग गर्दा विशेष सावधानी अपनाउन अनुरोध ।

हाल कुलेखानी ड्याममा पानीको सतह १ हजार ५२७.९३ मिटर पुगिसकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले दिए जानकारी ।

वर्षा निरन्तर जारी रहेकाले अबको केही घण्टामै जलसतह १ हजार ५२८ मिटर पार हुने ।

विपद्को जोखिमबाट बच्न आयोजनाबाट जारी हुने आधिकारिक सूचनाहरू र मोबाइलमा आउने एसएमएस सतर्कता सन्देशमा उल्लिखित निर्देशनहरूलाई पूर्ण रूपमा पालना गर्न निर्देशन ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top