१६ कार्तिक , काठमाण्डौ ।
अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न आइतबार नेपाल आइपुगे ।
३९ वर्षीय अनुभवी ओपनर वार्नरले यस संस्करणमा काठमान्डु गोर्खाजबाट खेल्ने ।

उनको आगमनसँगै गोर्खाजको टोली थप बलियो हुने अपेक्षा ।
गोर्खाजले वार्नरलाई आज कर्णाली याक्सविरुद्ध हुने खेलमा मैदान उतार्ने तयारी ।

वार्नरको आगमनपछि नेपाली क्रिकेटप्रेमीहरू उनलाई एनपीएलमा खेलिरहेको हेर्न उत्साहित ।
वार्नर अस्ट्रेलियाका सफल तथा अनुभवी क्रिकेटरमध्ये एक हुन्।
उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा दुई पटक एकदिवसीय विश्वकप र एक पटक टी–२० विश्वकप जितेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित वार्नरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
उनको अनुभव र ब्याटिङ क्षमताले काठमाडौं गोर्खाजलाई प्रतियोगितामा थप मजबुत बनाउन सक्ने अपेक्षा ।
विदेशी खेलाडीको सहभागिताले एनपीएलप्रति दर्शकको चासो बढिरहेका बेला वार्नरको आगमनले प्रतियोगिताको चर्चा थप बढायो ।



